Wednesday 29th July 2026

कुवेतमा सम्झनाको बेजोड सांस्कृतिक धमाका


तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ।

अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा एनआरएनए मध्यपुर्क महिला संम्योजक सुमित्रा पौडेल,र नेपाल पत्रकार महासंघ कुवेतका महासचिव आनन्द आचार्य रहेका थिए ।त्यस्तै अतिथीमा विभिन्न संघ संस्थाका व्यक्तिहरूको उपस्थित रहेको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथि र अतिथि द्वारा संयुक्तरूपमा केक काटेर पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको शुरुवात गरिएको थियो त्यस्तै
कार्यक्रम सञ्चालक बि बि. मल्ल,अमर खड़काले संयुक्तरूपमा गरेका थिए भने स्वागत मन्तव्य एच पि गैरेले राखेका थिए।

कार्यक्रममा अतिथि कलाकार तथा बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरको सांगीतिक प्रस्तुति हेर्नका लागि कुवेतवासी नेपालीहरु व्यग्र प्रतिक्षामा थिए। जब ३: बजेतिर गायिका लामिछाने मञ्चमा उक्लिइन,दर्शकहरु आफ्नो ठाउँबाट उठेर सिठी र तालीले स्वागत गरेका थिए। गायिका सम्झना ले आफ्ना नयाँ पुराना गीतहरु(घरमा पराल बारीमा बन्शो,बनै फूल बस्यो,बैना रुमाल,चम्पा चमेली,पन्चे बाजा डल्ली,फूल फुलेरा,जमानीको आगो,सलैज्यु,आउन माया नाचीदेउ एक्छिन, जस्ता दर्जनौ चर्चित गीतहरु गाएर हलमा उपस्थीती दर्शकहरुलाई उनका प्रस्तुतीसँग दर्शकहरु बसिरहेको ठाउबाट जुरुक जुरुक उठेर नाच्न थाले । त्यस्तै कार्यक्रममा कुवेत बस्दै आएका दर्जनौ कलाकारहरुले बेजोड प्रस्तुती राखे ।

कार्यक्रममा कुवेतमा रहेका करिब दर्जन भन्दा बढी स्थानीय कलाकारहरुको उपस्थित रहेको थियो। उक्त संस्थामा हालसम्म दर्जनौ स्थानीय कलाकारहरु आबद्ध रहेको सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति न्यौपानेले बताउदै कलाकार भनेका देशका गहना हुन हामी परदेशमा रहेर आफ्नो दैनीक कार्यबाट मिलेको थोरै समयलाई सदुपयोग गर्दै आफ्नो देशको पहिचान भेषभुषा तथा कला सस्कृंतीलाई ओझेलमा पार्न दिएका छैनौ लोक संगीतलाई सधै मायाँका साथ अगाडी बढाएको जनाए ।

कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी , पत्रकार महासंघ कुवेतका महासचिव आनन्द आचार्य, लगायतले कार्यक्रम सफलताको शुभकामन मन्तव्य दिएका थिए। करिब ६ घण्टा सम्म चलेको मनोरञ्जन कार्यक्रम पाँच सयको हारहारीमा दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग समेत गरेका थिए भने कार्यक्रममा संस्था प्रति सहयोग पुर्यौदै आएका सहयोगी व्यक्तिहरुलाई समाजले सम्मान गरेको थियो ।


कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष न्यौपानेले सम्पुर्ण सहयोगी तथा उपस्थित व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम विर्सजन मन्तव्य राखेका थिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...