Tuesday 22nd September 2026

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट प्रेमकुमार जिमी सम्मानित


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्। शाखाको १७औँ स्थापना दिवसका अवसरमा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा जिमीलाइ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो।

नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यममा सक्रिय रहेका जिमी हाल कुवेतमा निरेम प्रोडक्सन प्रालिका अध्यक्ष हुन्। समाचार लेखनका साथै प्राविधिक क्षेत्रमा समेत दक्ष मानिने उनलाई प्रवासमा नेपाली पत्रकारिताको विकास, समसामयिक विषयवस्तुको उजागर तथा परोपकारी कार्यमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार छनोटका लागि महासंघका संरक्षक जय आले मगरको संयोजकत्वमा सल्लाहकार आनन्द आचार्य र शाखा अध्यक्ष एकराज मल्ल सदस्य रहेको समिति गठन गरिएको थियो। सोही समितिले जिमीलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि चयन गरेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...