Tuesday 22nd September 2026

नुवाकोट धादिङ रसुवा समाज कुवेतको चौथो अधिवेशन तथा नवौं वार्षिकोत्सब जुलाई १७ मा हुने


“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेत ले आफ्नो चौथो अधिवेशन तथा नवौं वार्षिकोत्सव कार्यक्रम यहि २०२६ जुलाई १७ शुक्रबारका दिन आयोजना गर्ने भएको छ।

समाजले कुवेतको फरवानिया स्थित चेफ नाउसाद रेस्टुरेन्ट मा आयोजना गर्न लागेको उक्त कार्यक्रममा कुवेतमा रोजगारी, व्यवसाय तथा विभिन्न पेशामा आबद्ध नुवाकोट, धादिङ र रसुवा जिल्लाका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

समाजका अनुसार अधिवेशन तथा वार्षिकोत्सव कार्यक्रमले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्नुका साथै कुवेतमा रहेका तीन जिल्लावासी नेपालीहरूबीच आपसी एकता, सहकार्य र भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधिहरूसहित विभिन्न विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। समाजले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागिता जनाइ दिन आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...