Wednesday 23rd September 2026

कुवेतमा इरानी मिसाइल र ड्रोन आक्रमणपछि उडान स्थगित


कुवेतले बुधबार हवाई यातायात स्थगित गरेको छ, किनकि इरानी मिसाइल र ड्रोन आक्रमणले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ मा प्रहार गर्दा मानविय क्षति र विमानस्थलका संरचनामा क्षति भएको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले जनाएको छ।

DGCA का प्रवक्ता अब्दुल्लाह अल–राजीले आक्रमणपछि विमानस्थलको आपतकालीन योजना सक्रिय गरिएको र यात्रु तथा कर्मचारीहरूको सुरक्षालाई सुनिश्चित गर्न तथा विमानस्थलको संरचना सुरक्षित राख्न सुरक्षा तथा प्राविधिक उपायहरू लागू गरिएके बताए।

अल–राजीका अनुसार अर्को सूचना नआएसम्म हवाई यातायात स्थगित गरिएको छ र उडानहरू नजिकका वैकल्पिक विमानस्थलतर्फ मोडिएको छ। उनले थपे कि क्षतिको मूल्याङ्कन र आवश्यक मर्मत कार्य पूरा नहालसम्म यो स्थगन जारी रहनेछ।
प्राविधिक टोलीहरूले क्षतिको स्तर मूल्याङ्कन गरिरहेका छन् र त्यसपछि मर्मत कार्य सुरु गरिने उनले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...