Tuesday 12th May 2026

निरेम–मेट्रोको सहकार्यमा आगामी जुन ५ मा माहबुलामा स्वास्थ्य शिविर हुँदै


कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group को सहकार्यमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

नेपाली समुदायलाई लक्षित गरी सञ्चालन गरिने उक्त स्वास्थ्य शिविर मेट्रो मेडिकलको महाबुल्ला ब्लक–२ स्थित “सुपर मेडिकल केयर” शाखामा आगामी जुन ५ तारिख शुक्रबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूले आयोजकले उपलब्ध गराएको QR कोड स्क्यान गरी आवश्यक विवरणसहितको फारम भर्नुपर्नेछ। साथै स्वास्थ्य परीक्षणका लागि सहभागीहरूलाई उक्त दिन खाली पेटमै उपस्थित हुन अनुरोध गरिएको छ।

शिविरअन्तर्गत निःशुल्क रूपमा मधुमेह (सुगर) परीक्षण, रक्तचाप जाँच, कोलेस्ट्रोल परीक्षण तथा आवश्यक बिरामीलाई चिकित्सकीय परामर्श प्रदान गरिनेछ। साथै आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि निःशुल्क आँखा परीक्षणको व्यवस्था पनि गरिएको छ।

यस अतिरिक्त अन्य आवश्यक परीक्षणमा विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। जसअनुसार मुटुको धड्कन परीक्षण (ECG) मा ५० प्रतिशत छुट, चस्मा खरिदमा ५० प्रतिशत छुट, अन्य ल्याब परीक्षणमा २० प्रतिशत छुट तथा औषधि खरिदमा १० प्रतिशत छुट प्रदान गरिनेछ।

अस्पतालका अनुसार शिविरमा अधिकतम ५०० जनासम्मको मात्र स्वास्थ्य परीक्षण सम्भव हुने भएकाले अत्यावश्यक स्वास्थ्य जाँच गराउनुपर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यथाशीघ्र फारम भरी अवसरको लाभ लिन आग्रह गरिएको छ। विशेषगरी घरेलु श्रमिक, मुख्य बजार क्षेत्रभन्दा टाढा रहेका तथा स्वास्थ्य सेवाको पहुँच कम भएका नेपालीहरूलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

फारममा सहभागीहरूले आफ्नो नाम, सिभिल आईडी नम्बर, मोबाइल नम्बर, राष्ट्रियता तथा लिङ्ग लगायतका विवरण उल्लेख गर्नुपर्नेछ।

आयोजकले नेपाली समुदायको सेवामा समर्पित मानवीय प्रयासस्वरूप उक्त स्वास्थ्य शिविर आयोजना गरिएको उल्लेख गर्दै कुवेतस्थित सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता तथा समुदायका प्रतिनिधिहरूलाई सहयोग र सहकार्यका लागि अनुरोध समेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...