Wednesday 16th September 2026

बालकको अाँखाकाे अप्रेसनको लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउने 


तितोपाटी – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे ज्योती समेत गुमेको छ ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको हो । पोखराको अस्पतालमा समेत उपचार गर्न नसकेर पोखरा बाट ललितपुरको क्यान्सर अस्पतालमा पठाएको छ । ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत नजिरको अाँखाकाे अप्रेसन गर्नको लागि डाक्टरको भनाइ अनुसार १६ लाख भन्दा बढी रकम लाग्ने अभियन्ता बबिता योन्जनले बताएकी छिन ।

सानै उमेरमा अाँखाकाे ज्योती समेत गुमाएका नजिनको अाँखाकाे अप्रेसनको लागि अध्यक्ष भिम बहादुर गदलको संयोजकमा चार सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ । आर्थिक संकलन समितिमा समाजका द्वितीय उपाध्यक्ष टेक बहादुर बिश्वकर्मा, महाससचिब चन्द्र बिश्वकर्मा, सहसचिब गिता बिश्वकर्मा र काेषाध्यक्ष गोपाल गदाइली बिश्वकर्मा रहेको नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले तितोपाटी लाई जानकारी गराएका छन ।

कुवेतको नेपाली समाजमा कृयाशिल संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई नजिनको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक अपिल गरेको छ ।

तपाईंले पनि सहयोग गर्न चाहानु हुन्छ भने कृपया तल उल्लेखित नाम र मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

अभियान संयोजक – भिम बहादुर गदल (+96566592280)
टेक बहादुर बिश्वकर्मा (+96560489899)
चन्द्र बिश्वकर्मा (+96567799127 / 50741292
गिता बिश्वकर्मा
गोपाल गदाइली बिश्वकर्मा

नेपालमा सम्पर्क – अभियन्ता बबिता योन्जन ( +977980-3446616)
नजिनको आमा उदिमाया बि.क ( +9779806126936)
गोर्खाज फाइनान्स, खाता न. (10180110166256524)


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...