Friday 19th December 2025

कुवेतमा सवारी दुर्घट्नामा एक नेपालीको मृत्‍यु, केही घाइते


हरि कृष्ण न्यौपाने- खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेतमा कार्यरत ३२ बर्षिय पासाङ दोर्जे शेर्पाको सवारी दुर्घटनामा मृत्‍यु भएको छ। हिजो सेप्टेम्बर १६, आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा उक्त सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको हो भने केही नेपाली कामदारहरु घाइते भएका छन।

नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने” सबारी दुर्घटनामा खोटाङका राहदानी नं-०८००७२४ का पासाङ दोर्जे शेर्पाको मृत्‍यु भएको, सोही दुर्घटनामा एक भारतीय नागरिकको पनि मृत्‍यु भएको तथा केही नेपाली कामदारहरु घाइते भएको प्रारम्भिक जानकारी आएको छ।”लिङ्देनले थपे,”केही नेपाली कामदारहरु सामान्य घाइते भएको भन्ने जानकारी आए पनि अन्य पूर्ण जानकारी आउन बाँकी छ। मृतकको शबलाई आबस्यक प्रकृयाको लागि फर्वानिया अस्पातलमा राखिएको छ भने कानुनी लगायत अन्य प्रकृयाको लागि काम शुरु गरि सकिएको छ।”

फोटो साभार-कुवेत टाइम्स


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...