Wednesday 28th January 2026

दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबमा धमाका पिट्दै


तितोपाटी – पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा  धमाका पिटेको छ । गीत रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड यसले बनाएको हो । यो गीत बुधबार बेलुका रिलिज भएको केही घण्टामै ट्रेन्डिङमा आएको थियो । गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा धेरै पटक हेरिएको छ । यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो । माझीको गीतलाई रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

‘जाने भए जाम माया’ले विहिबार युट्युबमा अर्को कीर्तिमान रच्दै  अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत  बनेको छ । यो गीतले अस्ट्रेलियामा ट्रेन्डिङ १ मा, क्यानडामा १७, युएईमा ३, कतारमा २, कुवेतमा ५, बेलायतमा ८ र नेपालमा संगीत चर्चा कमाईरहेको छ ।

गीतमा संगित दुर्गेश थापाको रहेछ भने दुर्गेश थापा, सिसन बानियाँ र अलहजी गेरोको स्वर रहेको गीतको म्युजिक भिडीयोमा दुर्गेश थापा, सिसन बानियाँ, लासो पेमा, अलहजी गेरो र गुराँस नानीको अभिनय रहेको छ  ।

हेर्नुहोस गीत ‘जाने भए जाम माया’


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...