Monday 7th April 2025

कल्याणकारीको चाैथो अधिवेशन भव्यरूपमा सम्पन्न, अध्यक्षमा पुनः सुवास श्रेष्ठ निर्विरोध निर्वाचित


कल्याणकारी नेपाली युवा समाज कुवेतको चाैथो अधिवेशन भव्यरूपमा सम्पन्न भएको छ भने अध्यक्षमा पुनः सुवास श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । गत शुक्रबार ४ अप्रिल २०२५ का दिन फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभाकक्षमा संस्थाका संरक्षक निरज सिंह ठकुरीको संयोजकत्व तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख अातिथ्यतामा सम्पन्न चाैथो अधिवेशनबाट ४१ सदस्यीय कार्य समिति निर्वाचित भएको हो ।

एनअारएनए कुवेतका कार्यकारीहरू, पत्रकार महासंघका कार्यकारीहरू तथा अन्य विभिन्न संघ संस्थाका पदाधिकारी लगायत ठुलो संख्याका उपस्थित कुवेतवासी नेपाली श्रमिकहरूका विच कल्याणकारी नेपाली युवा समाज कुवेत मातहत भलिबल खेल्ने खेलाडीहरूको सम्मान सहित सम्पन्न उक्त अधिवेशनमा अतिथिहरूले शुभकामना मन्तव्य दिंदै कल्याणकारी नेपाली युवा समाज कुवेतले गरेका खेलकुद र मानवीय सेवाका कार्यहरूको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै कुवेतवासी सबै नेपालीहरूलाइ समेटेर कल्याणकारी नेपाली युवा समाज अघि बढोस भनि शुभकामना दिएका थिए ।

कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति यस प्रकार छ।
अध्यक्ष -सुभाष श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष- मदन पनेरु
उपाध्यक्ष -आङ नोर्बु शेर्पा
उपाध्यक्ष- कर्मा लामा
उपाध्यक्ष- चित्र छन्त्याल
उपाध्यक्ष -ईश्वर श्रेष्ठ
महिला उपाध्यक्ष -अन्जुगिरी
महासचिव -निरज क्षेत्री
उपमहासचिव -दिपेश बोहरा
सचिव -सुरज तिवारी
सहसचिव -विकास पराजुली
कोषाध्यक्ष- विष्णु गिरी
सह कोषाध्यक्ष -अनिश गिरी
युवा संयोजक -राजन तामाङ
सह युवा संयोजक -योगेश राई
महिला संयोजक -पूजा भट्टराई
महिला सह संयोजक -शान्तिदेवी पुलामी मगर
खेलकुद विभाग प्रमुख -निर्मल क्षेत्री
सांस्कृतिक विभाग प्रमुख -बम बहादुर केसी

सदस्यहरू
सुभाष छन्त्याल
डेनी राई
विजय बस्नेत
लक्ष्मण कान्छा
प्रशान्त भुटानी
विवेक मगर
मनिष मगर
रवि सुनार
भोक बहादुर पुलामी मगर
दिपक बोहरा
दिसइज सारु मगर
भुवन परिवार
सुशीला थापा तामाङ
शान्ति पुन
लक्ष्मण गिरी
अमर बयलकोटी
कमला थापा मगर
प्रतिक्षा गुरुङ
सन्ध्या भट्टराई
लक्ष्मी मगर
आशा श्रेष्ठ
भीम रानाभाट

त्यसै गरि संस्थाले तपसिल बमोजिमका व्यक्ति व्यक्तित्वहरू सम्मिलित संरक्षक तथा सल्लाहकार समिति पनि मनोनित गरेको छ ।

संरक्षक -निरज सिंह ठकुरी
प्रमुख सल्लाहकार -हरि लावती
संस्थापक सल्लाहकार -विकास सिंह ठकुरी
मानार्थ सल्लाहकार -रणध्वज लामा
विशेष सल्लाहकार -प्रदीप कार्की
विशेष सल्लाहकार-शिव श्रेष्ठ
विशेष सल्लाहकार-उद्धव गिरी
विशेष सल्लाहकार-राम कार्की
विशेष सल्लाहकार -आनन्द आचार्य
विशेष सल्लाहकार -नवराज पराजुली
विशेष सल्लाहकार -उमा घिमिरे
विशेष सल्लाहकार -केशर घलान
सल्लाहकारहरू
प्रकाश गिरी
दीपक नेपाली
सागर राई
महेश तिवारी
रेश्मा लामा
केशव भण्डारी
जीवन केरुङ
रबिन क्षेत्री

“हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको छ भने भलिवल खेलमा समाजको भलिबल टिम अग्रणी स्थानमा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये…

अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी हुने गर्दछ।…

शीत काव्य समाज नेपालको आयोजनामा दुई शीत कृति लोकार्पण भएको छ । समाजद्वारा काठमाडौमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् लेखक…

प्रतिकृयाहरू
...