Friday 9th October 2026

बा(गीत)


बा

माधव पाैडेल ‘असल यात्री’

अामा गर्छिन् घरधन्दा बा जागिर खाने,
बिदा हुदा हामीलाई घुमाउन लैजाने ।
भगवानको एउटा रुप बा तिमीलाई माने,
मीठो चाहीँ हाम्लाई दिने अाफू तितो खाने ।

चाहुरियो शरीर अब लेक बेशी झर्दा,
घोटिएछन् हाडहरु भारी बोक्नु पर्दा।
खुशि हुन्थ्यौं बा भनी बोलाउन पाउँदा
बाटो हेरि कुरि बस्थ्यौं बा घर नअाउँदा ।

देश बिदेश छौं भेट हुन्न सम्झि कत्ति रौला,
अरु कोहि फर्कि आउँदा बाटो हेर्दा हौला।
सधैं भरि दुःख गर्दै बित्यो बा’को जीवन,
अाज भेट्न नपाँउदा दुखिराछ यो मन ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...