बा
माधव पाैडेल ‘असल यात्री’
अामा गर्छिन् घरधन्दा बा जागिर खाने,
बिदा हुदा हामीलाई घुमाउन लैजाने ।
भगवानको एउटा रुप बा तिमीलाई माने,
मीठो चाहीँ हाम्लाई दिने अाफू तितो खाने ।
चाहुरियो शरीर अब लेक बेशी झर्दा,
घोटिएछन् हाडहरु भारी बोक्नु पर्दा।
खुशि हुन्थ्यौं बा भनी बोलाउन पाउँदा
बाटो हेरि कुरि बस्थ्यौं बा घर नअाउँदा ।
देश बिदेश छौं भेट हुन्न सम्झि कत्ति रौला,
अरु कोहि फर्कि आउँदा बाटो हेर्दा हौला।
सधैं भरि दुःख गर्दै बित्यो बा’को जीवन,
अाज भेट्न नपाँउदा दुखिराछ यो मन ।