प्रवासमा अर्थात देश बाहिर कमाउन गएका नेपालीहरु रमाउन का लागि अनेक प्रकारका कार्यक्रमहरु संगठित रुपमा गर्ने गर्दछन । यो सामाजिक विशेषता पनि हो । जहाँ जहाँ नेपाली छन त्यहाँ उनीहरुले नेपाली राजनिती, नेपालको संस्कृती, र नेपाली सँस्कार पनि लिएर गएका छन । यो नेपालीहरुको हकमा मात्र लागु हुदैन । सवै देशको अवस्था यहि हो । सवैले आफ्नो आफ्नो देशले सिकाएको कुरा लिएर जान्छन । तर हामी केही कुरामा फरक र अनौठा भने पक्कै छौ । किनकी हाम्रो सवै कुरा राम्रो हुदाहुदै पनि राजनैीतक सँस्कार ले बसाएको बेथिती जरा देखि टुप्पा सम्म उस्तै छ । पूर्व देखि पश्चिम सम्म व्याप्तै छ । त्यसले समाजका सवै क्षेत्रको व्यवस्थापन, सञ्चालन र संगठन निर्माणमा असर गरेको छ ।
विशेष गरेर श्रम गन्तव्य मुलुक का रुपमा रहेका खाडी राष्ट्रहरु, मलेशिया र कोरिया सम्म का देशहरु मा उस्तै अवस्था छ भने अमेरिका र युरोप मा जाने नेपाली कामदारहरु ले सञ्चालन गर्ने संघसँस्था को अवस्था पनि खासै फरक नरहेको बताईन्छ । खाडी ले अपेक्षा गरेको ज्ञान ती बौधिक, सभ्य र सम्पन्न भनिएका मुलुक मा रहेका नेपालीहरुबाट पाएका छैनन । यहाँ होस वा त्यहाँ , देश भित्र होस वा बाहिर प्रबृती उस्तै छ । अधिकांश संघ सस्थाको नेतृत्व पैसा भएकै मानिसले गर्ने गर्दछन र उनीहरु नै सवै निर्णायक ठाउँमा पुग्दछन । यो युनिभर्सल कुरा जस्तै भएको छ । पैसा नहुने लाई पत्याउने हाम्रो स्वभाव र सोच छैन । त्यसैले स्वभाविक रुपमा लिन पर्दछ ।
कमसेकम स्वदेशमा कार्यक्रमहरुको व्यवस्थापन र सञ्चालन विधी एउटा निश्चित मापदण्ड अर्थात प्रोटोकल का हिसावले चलेको भए पनि विदेशमा त्यस्तो हुदैन । आयोजकहरुले कार्यक्रम का लागि निक्कै कठोर मेहनत गर्ने गरेका हुन्छन । तर कार्यक्रम समाप्त हुदा नहुदा विवादमा पर्ने गर्दछन । नाफामा आधारित कार्यक्रमहरु मा त निक्कै ठुलो विवाद र विभाजन सम्म हुन्छ । नेतृत्व हत्याउने देखि कार्यक्रम को लागि संकलित रकम मा रजाई गर्ने सम्म का हर्कतहरु देखिन्छन । यस्तो केही रहेन भने पनि उनीहरु कार्यक्रम स्थल मा गएर विवादमा फस्दछन । कस्लाई कुन स्तर को अतिथी को दर्जा दिने ? कसलाई बोल्न दिने ? कसलाई नदिने ? कसलाई अघि वा कसलाई पछि देखि मञ्चमा कसलाई कहाँ आसिन गराउने , कसको छातीमा फुर्का लगाई दिने आदि ईत्यादि ।
कतिपय सँस्थामा निक्कै फुर्तिफार्ति देखाएर नेतृत्व हत्याउने कयौ टाठाबाठा चतुरेहरुले टन्नै भ्रष्टचार पनि गरेका छन । नेपाल मा एक ठाउँमा दिने भनेको सहयोग अन्त सार्ने, पुरा नदिने, वा झवाम्म पार्ने पनि छन । सेवा को क्षेत्रमा दिईने अनुदान वा सहयोग रकम दिदा कस्ता मानिस वा सस्थालाई दिने भन्नेमा पनि प्रसस्तै विवाद हुने गर्दछ । सानो सोच राखेर बस्नेहरु ले सानै कुरा सोच्दछन । भविश्यका लागि आफ्नै गाउँ ठाउँमा लगानी त्यो पनि आफ्नै नाम का पछाडी जस आउने बातावरण बनाउन कसरत गर्दछन र सँस्थामा तनाव सृजना हुने बातावरण बनाउने गर्दछन । यहाँ सम्म देखिन्छ की भरसक मेरो गाउँ वा शहर मा पुगोस, मेरो राजनैतिक दल को नजिक मा पुगोस, मेरो जातको मानिस मा पुगोस, मेरो नातामा पुगोस । अर्थात यहाँ हजार सँग हात थापेर उठाएको रकम माथि ईमान्दार हुन निक्कै सकस परेको देखिन्छ ।
जति जात त्यति सँस्था, जति जिल्ला त्यति सँस्था, जति पार्टी त्यति शाखा, जति व्यवशायी त्यति संगठन । एउटा मा अटाईएन भने अर्को मा जाने, कतै नपाए आफनै हाउरे भाउरे भेला पारेर सँस्था खोलिदिने चलन छ । संस्थाको पदाधिकारी नै बन्न पर्ने , त्यसमा पनि अध्यक्ष, सचिब र कोषाध्यक्ष को पदलाई अर्जुन दृष्टि बनाउने को कुनै कमी छैन । सय भन्दा धेरै सँघसस्था भएको प्रवासमा उनीहरुले काम गर्न सक्ने भनेको सिमित हुन्छ । गैह् कानूनी रुपमा मानिसहरुको ओसार पसार गर्ने विरुद्ध उनीहरुले केही भन्दैनन । विचल्लीमा पार्नेहरुको विरुद्ध खरो रुपमा उत्रन सक्दैनन, दुतावास भित्रका सेटिंग र त्यसले उत्पन्न गर्ने समस्याको खोज र निदानमा उनीहरु लडन चाहादैनन । यसो हुनुको कारण प्राय सँघसँस्थाहरुमा तिनै व्याक्ति वा प्रबृती हावी छ । उनैले चन्दा नदिए सँघसस्था चलाउन सकिन्न भन्ने सोच छ । उनीहरुका गाडी घोडा उपभोग गर्न पाईने लालसा छ । त्यति मात्र होईन खाडी राष्ट्रमा रहेका प्रायजसो सँघ सँस्था को नेतृत्व मा तिनै मानिसहरु हावी छन । यहि कारण हो की प्रवासमा रचनात्मक र सृजनात्मक गतिविधी प्राय हुदैनन । कविता सुन्ने र सुनाउने सम्मका काम गरे मानिस आउदैनन । कलाकार ल्याउने , नचाउने, पैसा उठाउने यस्तै यस्तै काम खुब हुने गर्दछन ।
जसोतसो कार्यक्रम मञ्चमा पुग्दछ त्यहाँ समय को पालना हुदैन । तोकिएको समयमा नत आयोजक ईमान्दार हुने गर्दछन न अतिथी नै । दर्शकहरु भरिभराउ हुदा पनि केही घण्टा ढिलो कार्यक्रम शुरु हुन्छ र हतारमा सूचिकृत प्रस्तुतीहरु घटाएर टुंग्याईन्छ । तोकिएको बक्ताले पनि बोल्न पाउदैनन । बल्ल बल्ल मञ्च भेटेका ले मञ्च छाड्न खोज्दैनन । खोई आफूलाई के सोच्दछन कोन्नी दर्शकको मनोभावना र समय माथि निर्घात बलात्कार गरिन्छ । विषय बस्तु को ज्ञान को स्तर केही चाहिन्न, बोल्न पाए हुन्छ । खास गरेर निम्न कोटीका सोच भएका मानिसहरु, निच कर्ममा लागेका मानिसहरु ले राम्रा मानिसहरुलाई पनि लहैलहैमा पछि लगाउन सक्नु पनि राम्रै कला हो । प्रवासमा त्यो प्रष्ट देख्न सकिन्छ ।
सामाजिक सञ्जाल मा उनीहरुले विकृती का विरुद्ध आवाज उठाउने को साँस बन्द गर्न खोज्दछन । कसैको खेदो खन्न का लागि समाजिक सञ्जालमा दिन र रात विताउनेहरुको पनि कमी हुदैन । मनोबैज्ञानिक रुपमा आक्रमण गर्ने र राम्रा मानिसहरुको बनोवल गिराउन उनीहरुलाई अलिकती पनि हिच्किचाहट हुदैन । यसर्थ प्रवासमा जहाँ पनि हेर्नुस राम्रा मानिस सामाजिक गतिविधीसँग साक्षात्कार हुन डराउछन ।
व्याज, खादा मात्र होईन, प्रशंसा पत्र, सम्मान पत्र, मायाको चिनो, मेडल, टफी के के हो के के ? जसले पनि पाईरहेको हुन्छ । जसले पनि दिई रहेको हुन्छ । रिबन काट्न दुतावास आउने, र प्रमाण पत्र छपाउन कसैको ईजाजत नचाहिने भए पछि कति सजिलो छ । गाउँ शहरमा आजभोली मानिस मरे पछि समवेदना पत्र दिने र प्रवासमा विना मूल्य र विना मापदण्ड का उपाधी सहजै दिने र पाउने चलन निक्कै रमाईलो छ । छातीमा फुर्का लगाई दिए केही न केही आयोजक ले लाभ को मनशाय राखेको देखिन्छ । यस्तै हो भने जन्म दिनलाई पनि महिना दिन मा मनाउने चलन ल्याउन बेर छैन । एउटा सँग लुटेर अर्को ठाउँमा दानविर बन्नेहरु सम्मानित हुन थाले पछि समाज मा मान सम्मान को मूल्य गिर्नु स्वभाविक छ । अर्थात प्रवासमा सवै कुरा सहजै किन्न सकिन्छ कमाउन मात्र गाहो छ ।
-तोयानाथ उपेक्षित,