Tuesday 22nd September 2026

जन-जागृति युवा समाज कुवेतद्वारा नेपालका क्यान्सर पीडितलाइ अार्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले नेपालका क्यान्सर पीडितलाइ अार्थिक सहयोग गरेको छ । समाजले सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थाइ ठेगाना रहेको वर्ष ६७ कि क्यान्सर पीडित जितमाया श्रेष्ठको उपचार सहयोगार्थ रू. २३,९८२/-आर्थिक सहयोग गरेको हो ।

समाजको गत ९ अगस्ट २०२४ शुक्रबारको दिन बसेको नियमित मासिक बैठकले सुनसरी जिल्ला बरहाक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थाइ ठेगाना रहेको वर्ष ६७ कि क्यान्सर पीडित जितमाया श्रेष्ठ बिगत एक वर्ष देखी घाटीमा क्यान्सर भै निरन्तर उपचार गर्दै आएको र हाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत रहेकीमा पीडितको घरपरिवारको नाजुक अबस्था रहेको कारण उपचारमा सकस भएको जानकारी प्राप्त गरेपछि संस्थागत रूपमा सो सहयोग दिएको हो ।

यस अघि बिरामीको बसोबास रहेको स्थानीय सरकारबाट बिरामीको अबस्था र बिवरण खुलाई सहयोगको लागि अनुरोध भएको र उपचाररत अस्पतालले बिरामीको तत्काल अपरेसन गर्नु पर्ने जनाएपछी वहाँलाई आर्थिक जोहो गर्न निकै ठुलो जटिलता भै आएकोले पीडितको उपचार सहयोगार्थ केहि राहत मिलोस भन्ने हेतुले जन जागृति युवा समाज कुवेतले वहाँको सिघ्र स्वस्थलाभको कामना गर्दै सम्बन्धित पीडितको खातामा ५४.७५०/केडि बराबर रु-२३,९८२/ रुपैयाँ जम्मा गरिएको समाजका अध्यक्ष राम बहादुर योन्जन तामाङले मिडियालाइ जानकारी दिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

प्रतिकृयाहरू
...