Sunday 27th July 2025

प्रवासी नेपाली मञ्च कुवेतको समन्वयमा झापाकी कल्पना भुजेलको शव नेपाल पठाइँदै


फकिर – गत जुलाई १५ तारिक कुवेतस्थित मुबारक अल कबिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी कल्पना भुजेलको शव नेपाल पठाईने भएको छ । प्रवासी मञ्च कुवेतको समन्वयमा भुजेलको शव आईतबार नेपाल पठाउन लागिएको हो । शव पठाउन लाग्ने दस्तुर ( एयरवे बिल ) बापतको ३ सय ८५ दिनार प्रवासी मञ्च कुवेतको अनुरोधमा मञ्चको अन्तराष्ट्रिय श्रमिक कोषबाट उपलब्ध भएपछि अन्तत: कल्पनाको शव नेपाल पुग्ने भएको हो । प्रवासी मञ्च कुवेतका नवनिर्वाचित अध्यक्ष रूपेन हमालका अनुसार शव लैजानका लागी सबै प्रकृया पूरा गरेर आज आईतबार साँझ कुवेत एयरवेजको उडानबाट नेपाल पठाईन लागिएको हो ।

नेपालको एजेण्ट भनिने धनिराम राईलाई पैसा बुझाएर ६ महिनाअघि मात्रै कल्पना कुवेत आएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि उनले आफूलाई नेपाल फर्काईदिनको लागी कुवेतकै अर्का एक एजेन्टलाई अनुरोध गरेको थिईन् तर उक्त एजेण्टका ब्यक्तिले एकलाख पैसा लिएर उनलाई नेपाल नफर्काई फरार भएको थियो ।

दिनदिनै स्वास्थ्य अवस्था कमजोर भएपछी नेपाली दूतावासको संरक्षणमा बस्दै आईरहेकी उनलाई मुबारक अल कबिर अस्पताल पठाईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको नेपाली दूतवासले पुष्टी गरेको छ । तर, उनको के कारणले मृत्यु भएको हो भन्ने बारे चाँहि यकिन भएको छैन । मृतक भुजेलको स्थायी ठेगाना शिवसतासी नगरपालिका – २ झापा भएको खुल्न आएको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...