Tuesday 24th February 2026

कुवेतमा घरेलु कामदारका लागि रेसिडेन्सी ट्रान्सफर सेवा सुरु, २ दिनमा करिब ३ सय लाभान्वित


तितोपाटी- घरेलुबाट कामदार भिसामा स्थानान्तरण सुरु भएको ४८ घण्टाभित्र करिब ३०० घरेलु कामदारले निजी कम्पनीमा आफ्नो बसोबास स्थानान्तरण गरेका छन् । घरेलु भिसा अर्थात २० बाट १८ मा ट्रान्सफ़र गर्ने कार्य गत आइतबार देखी सुरु भएको थियो र २ दिन भित्र करिब ३०० जनाले यो सुविधा प्रयोग गरेको कुवेतस्थित आन्तरिक मन्त्रालयको प्रतिवेदनले देखाएको छ ।

विदेशबाट ल्याउनुको साटो स्वदेशभित्र रहेका श्रमिकलाई फाइदा पुर्याएर श्रमिकको अभाव कम गर्न २० बाट १८ मा सरुवा हुन सकीने उक्त कार्य दुई महिनासम्म लागू हुनेछ ।

आइतबार घरेलु कामदारको आवास स्थानान्तरण सेवा सम्बन्धमा जनशक्ति सार्वजनिक प्राधिकरण (पाम) ले नयाँ जानकारी दिएको हो। विभागले आइतबारदेखि घरेलु कामदारका लागि रेसिडेन्सी ट्रान्सफर सेवा सुरु गरेको जानकारी दिइएको छ ।

भिसा नियममा भएको यो परिवर्तन कुवेतमा बसोबास गर्ने विदेशी कामदारहरूका लागि विशेषगरी घरेलु क्षेत्रमा काम गर्ने र अन्य काम गर्न चाहनेहरूका लागि फाइदाजनक साबित हुन सक्छ। कुवेत सरकारले यस निर्णयको उद्देश्य श्रम गतिशीलता सम्बन्धी कानूनलाई ध्यानमा राख्दै भिसा स्थानान्तरण प्रक्रियालाई सरल बनाउनु रहेको बताएको छ। घरेलु कामदारका लागि भिसा स्थानान्तरण अनुमति दिइएको भए पनि केही सर्तहरू पालना गर्नुपर्नेछ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण शर्त वर्तमान रोजगारदाताको सहमति आवश्यक छ। यसबाहेक, घरेलु कामदारले सरुवाको लागि आवेदन दिन अघि हालको रोजगारदातासँग कम्तिमा एक वर्ष काम गर्नुपर्नेछ। तपाईंले भिसा स्थानान्तरण शुल्कको रूपमा ५० डिनर दिनर तिर्नुपर्नेछ। साथै, हालको रोजगारदातासँगको सेवाको प्रत्येक वर्षको लागि १० दिनार अतिरिक्त शुल्क तिर्नुपर्नेछ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...