Tuesday 29th September 2026

कुवेतमा आममाफीको समयावधि आगामी १७ जुनमा सकिदै


तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ।
>आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना वैधता प्राप्त गर्न वा स्वदेश फर्कन १७ जुन पछी कुनै पनी किसीमको समय थप नगरीने बताएका छन। कानून उल्लंघन अवैध ढंगले बसोबास गरिरहेका सबै आप्रवासीलाई बिना जरिवाना वैधता प्राप्त गर्न वा स्वदेश फर्कन गत मार्च महीनाको १७ देखी आममाफी अभियान सञ्चालन ल्याइएको थियो।
कुवेत रेसिडेन्सी मामिलाको सामान्य प्रशासनका सहायक महानिर्देशक ब्रिगेडियर जनरल मजायाद अल-मुताइरीले रेसिडेन्सी कानून उल्लङ्घन गर्ने र उनीहरूलाई आश्रय दिनेहरू विरुद्ध कडा कारबाही गरिने साथै उक्त नागरिकहरुलाई कुवेतबाट देश निकाला गर्ने र पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाउने लगायत व्यापक योजनाहरु तयार भइरहेको अरबी दैनिक अल-राई पत्रिकाले- जनरल, मुताइरीलाई उद्धत गर्दै लेखेको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...