Monday 22nd December 2025

कुवेतमा आममाफीको समयावधि आगामी १७ जुनमा सकिदै


तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ।
>आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना वैधता प्राप्त गर्न वा स्वदेश फर्कन १७ जुन पछी कुनै पनी किसीमको समय थप नगरीने बताएका छन। कानून उल्लंघन अवैध ढंगले बसोबास गरिरहेका सबै आप्रवासीलाई बिना जरिवाना वैधता प्राप्त गर्न वा स्वदेश फर्कन गत मार्च महीनाको १७ देखी आममाफी अभियान सञ्चालन ल्याइएको थियो।
कुवेत रेसिडेन्सी मामिलाको सामान्य प्रशासनका सहायक महानिर्देशक ब्रिगेडियर जनरल मजायाद अल-मुताइरीले रेसिडेन्सी कानून उल्लङ्घन गर्ने र उनीहरूलाई आश्रय दिनेहरू विरुद्ध कडा कारबाही गरिने साथै उक्त नागरिकहरुलाई कुवेतबाट देश निकाला गर्ने र पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाउने लगायत व्यापक योजनाहरु तयार भइरहेको अरबी दैनिक अल-राई पत्रिकाले- जनरल, मुताइरीलाई उद्धत गर्दै लेखेको छ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...