Sunday 13th September 2026

कविताः भार्इ फुटे गवार लुटे


-माधव पाैडेल ‘असल यात्री’

भाई फुटे गवार लुटे

म अाफ्नो झुपडी सिगार्दै गरौला
तिमि छिमेकीको मेलापात गर्दै बस्नु
म खरकै भएनि छानो छाई बस्छु
तिमी त्यसमा अागो को ज्वाला झोस्नु ।
म दिनभर ढिकि जातो गरि खुराक भर्दिन्छु
तिमी चोर्दै छिमेकीलाई पोस्नु
फुर्क्याए होला उचाले होला
प्याक संगै किने होला तिमीलाई
म बिक्न सक्तिन ,स्वाभिमान बेच्न पनि
तिमी एक गिलासमा बिक्नु
राम्रो त कहाँ सिक्न सक्छौ र तिमी
कु बिचार कु दृष्टि सिक्नु
हाम्रो गोप्यनियता तेतैतिर पोख्नु
भरिया सरि तिनिहरुकै भारी बोक्नु
भाई फुटे गवार लुटे भन्थे बुडापाकाले
तिमि फुट्यौ उनिहरु संगै जुट्यौ
र पो दिन दिनै सस्त्र अस्त्रले
अाफ्नै दाई कुट्न जुट्यौ ।

 


सम्बन्धित शीर्षकहरु

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

प्रतिकृयाहरू
...