Friday 18th April 2025

सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने


कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भएको छ ।

“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ।

नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने संस्थाका अध्यक्ष बरालले जानकारी गराएका छन् ।

उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन अनुरोध गर्दै कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

कार्यक्रम:-
१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

स्थान :-
तय नभएको खोजीमा

मिति :-
मार्च ३१ तारिक २०२३ शुक्रबार

आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च


सम्बन्धित शीर्षकहरु

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

करिब १७ वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राजपरिवारको निवास नारायणहिटी दरबार छोड्नु परेको थियो। त्यसबेलादेखि, उहाँले समय-समयमा आफ्ना बयानहरू जारी गरिरहनुभएको…

प्रतिकृयाहरू
...