Tuesday 27th October 2026

भूमिहीनलाई लालपुर्जा वितरणमा नेपाल सरकार सकृय


प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे भूमि ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुन संशोधन गरी भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। हालसम्म १३ लाखभन्दा बढी निवेदन प्रणालीमा दर्ता भइसकेको र छानबिन तथा प्रमाणीकरणको काम भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहका अनुसार विभिन्न जिल्लामा हालसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण गरिएको छ। साथै झुटो विवरण पेश गरी आफूलाई भूमिहीन देखाउने व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...