Monday 5th October 2026

भूमिहीनलाई लालपुर्जा वितरणमा नेपाल सरकार सकृय


प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे भूमि ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुन संशोधन गरी भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। हालसम्म १३ लाखभन्दा बढी निवेदन प्रणालीमा दर्ता भइसकेको र छानबिन तथा प्रमाणीकरणको काम भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहका अनुसार विभिन्न जिल्लामा हालसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण गरिएको छ। साथै झुटो विवरण पेश गरी आफूलाई भूमिहीन देखाउने व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया पनि अघि बढाइएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...