Monday 26th October 2026

अमेरिकी रक्षा मन्त्रालय एन्थ्रोपिकको एआई प्रयोग बन्द


अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले एन्थ्रोपिक कम्पनीको एआई प्रणाली ‘क्लाउड’ प्रयोग गर्न बन्द गरेको जनाएको छ। यसअघि पेन्टागनले एन्थ्रोपिकलाई राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम भएको भन्दै प्रयोग रोक्ने निर्णय गरेको थियो।

एआई उपकरणहरू सैन्य अनुसन्धान, सूचना विश्लेषण र गुप्तचर कार्यमा प्रयोग हुँदै आएका थिए। तर एन्थ्रोपिकले आफ्ना सुरक्षा सीमाहरू हटाउन अस्वीकार गरेपछि अमेरिकी सरकारसँग विवाद बढेको बताइएको छ।

एन्थ्रोपिकले उक्त निर्णयलाई गैरकानुनी भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेको छ। यसबीच पेन्टागनले गुगल, ओपनएआई र एक्सएआईजस्ता अन्य कम्पनीका एआई उपकरणहरूको प्रयोग बढाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...