Monday 5th October 2026

कुवेतमा च्यारिटी संस्थाका लागि नयाँ नियम


कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह गरेको छ।

सामाजिक मामिला मन्त्री डा. अम्थाल अल–हुवैलाहले च्यारिटी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको पनि सुरक्षा जाँच गरिने बताएकी छन्। नयाँ कानुनले चन्दा संकलन र सहयोग वितरणलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने लक्ष्य राखेको छ।

सरकारले मन्त्रालयको अनुमति बिना चन्दा उठाउन नपाइने व्यवस्था गरेको छ। साथै च्यारिटी संस्थाको नाम दुरुपयोग गर्ने गतिविधिमाथि कडाइ गरिने जनाएको छ।

https://kuwaittimes.com/article/51034/kuwait/other-news/charities-urged-to-direct-proceeds-to-domestic-market/


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...