Monday 26th October 2026

कुवेतमा च्यारिटी संस्थाका लागि नयाँ नियम


कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह गरेको छ।

सामाजिक मामिला मन्त्री डा. अम्थाल अल–हुवैलाहले च्यारिटी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको पनि सुरक्षा जाँच गरिने बताएकी छन्। नयाँ कानुनले चन्दा संकलन र सहयोग वितरणलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने लक्ष्य राखेको छ।

सरकारले मन्त्रालयको अनुमति बिना चन्दा उठाउन नपाइने व्यवस्था गरेको छ। साथै च्यारिटी संस्थाको नाम दुरुपयोग गर्ने गतिविधिमाथि कडाइ गरिने जनाएको छ।

https://kuwaittimes.com/article/51034/kuwait/other-news/charities-urged-to-direct-proceeds-to-domestic-market/


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...