Tuesday 27th October 2026

कंगोमा डुंगा दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु


प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता भएका छन्।

आइतबार साँझ इक्वेटर प्रान्तस्थित कंगो नदीमा दुर्घटना भएको हो। एक डुंगा राजधानी किन्शासाबाट आउँदै थियो भने अर्को बुसिङ्गाबाट जाँदै थियो। दुर्घटनापछि एक डुंगा डुबेको र अधिकांश यात्रु नदीमा फसेका थिए।

उद्धार टोलीले बेपत्ता यात्रुको खोजी जारी राखेको छ। रातिको यात्रा, अत्यधिक यात्रु तथा मालसामान बोक्ने प्रवृत्तिलाई दुर्घटनाको मुख्य कारण मानिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...