Monday 5th October 2026

अफगानिस्तानका दुई शिक्षा मन्त्रीविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गर्यो


अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

उनीहरूमाथि तालिबान शासनपछि किशोरी तथा महिलालाई विद्यालय र विश्वविद्यालय शिक्षाबाट वञ्चित गरी लैङ्गिक आधारमा उत्पीडन गरेको आरोप लगाइएको छ। आईसीसीले यसलाई मानवताविरुद्धको अपराध मानेको छ।

तालिबानले सन् २०२१ मा सत्ता सम्हालेपछि १२ वर्षभन्दा माथिका बालिकालाई विद्यालय जान र महिलालाई उच्च शिक्षा प्राप्त गर्न प्रतिबन्ध लगाएको थियो। यस कदमले अफगान महिलाको शिक्षा र सार्वजनिक जीवनमा सहभागितामा गम्भीर असर पारेको छ।
https://www.france24.com/en/asia-pacific/20261005-icc-unseals-arrest-warrants-for-taliban-education-ministers


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...