Sunday 16th August 2026

टहल आचार्यको गजल संग्रह – ४०


साहुको ऋण तिर्न मुग्लानमा धाको मान्छे तिमी ,
के गर्दैछौ देशको माया छोडी गाको मान्छे तिमी ?

आउँदा जाँदा दोबाटो र द्यौरालीको झल्को मानी ,
सँधै भेट्छु सपनीमा टाढा भाको मान्छे तिमी ।

काठमाण्डौको गाडी चढी छुट्टीने त्यो बखतमा ,
छिटै आउँछु म भनी कसम खाको मान्छे तिमी ।

तिम्रो के छ थाहा छैन मेरो चाहिँ यो मनले ,
सँगै ज्युन सँगै मर्न नाता लाको मान्छे तिमी ।

कहिले काहीँ ओँशी पूर्णे भर रात अनिंदोमा ,
फेसबुक र भाईबरमा साथ पाको मान्छे तिमी ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान…

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

प्रतिकृयाहरू
...