Saturday 3rd October 2026

व्याख्यात्मकसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय


नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको  बताए।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। गठबन्धन जोगाउन माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...