Wednesday 15th October 2025

विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा निषेध


तीतोपाटी – अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने नेपालीलेसमेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएको छ ।

‘क्रिप्टोकरेन्सीेले नेपालको लागि कानुनी मान्यता नपाएकोले त्यस्ता गैर कानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने देखिन्छ’, बैंकले भनेको छ ।

बैंकले स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुलेसमेत त्यस्तो कार्य गरेको कारबाही गर्ने चेनावनी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...