Tuesday 10th March 2026

नेपाल छुट्टीमा रहदा पनि श्रमिकका साथी बनिरहे होमनाथ गिरी


तीतोपाटी डटकम-लामो समय देखी कुवेतको नेपाली समाजमा आफ्नो परिचय बनाउन सफल युबा होम नाथ गिरी यो समय अरु श्रमिकहरु जस्तै नेपाल छुट्टी आएर नेपालमै रोकिएका छन।एनआरएनए एनसीसी कुवेतका निबर्तमान उपाध्यक्ष समेत रहेका गिरी आँफै समस्यामा परे पनि आफु जस्तै कुवेत तथा अन्य खाडी मुलुक फर्कने प्रकृयामा अलमल्ल परेका नेपाली श्रमिकहरुका लागि कोभिड बिरुद्दको खोप, खोप कार्ड प्रमाणिकरण (QRकोडमा) प्राप्त गर्ने तथा त्यो प्रमाणिकरण भएको सर्टिफिकेटलाई कसरी सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयको लिंकमा रजिस्टर गराउने भन्ने कुरामा अन्य श्रमिकहरुलाई सहजीकरण गरिरहेका छन।

पोखरा ३३ घर भएका गिरी बुवाको स्वर्गरोहण पछी अन्तिम संस्कारका लागि नेपाल आएका र यूएई हुँदै कुवेत फर्किन यूएई पुगेर क्वारेन्टाइन बस्दाको बेला कुवेत सरकारले एक्कासी आप्रबासीहरुलाई प्रबेशमा रोक लगाए पछी पुन:यूएईबाटै नेपाल फर्किएका ब्यक्ती हुन।उनले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि कोभिड बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप र त्यसको QRकोड सहितको खोप कार्ड प्रमाणीकरणका लागि NRN-ICC,नेपाली दुताबास, श्वास्थ्य मन्त्रालय, बैदेशिक रोजगार बोर्ड लगाएत सम्बन्धित निकायसंग निरन्तर आवाज उठाइ रहे भने श्रमिकहरुसंग पनि समन्वय गरिरहे।

उनी भन्छन” म पनि अरु श्रमिकहरु जस्तै कोभिडको कारण जागिर गुम्ला कि भन्ने अन्यौलमा परेको श्रमिक हुँ।तर खाडी र मलेशियामा रहेका श्रमिकहरु जो अहिले छुट्टीमा छन र फर्किने क्रममा रहेका छन उनिहरुको लागि खोपको लागि पहल गरियो त्यसै गरी खोप कार्ड प्रमाणीकरण त्यो पनि QRकोडमा मागे पछी हामीले त्यसको लागि पहल गर्यौ।अहिले आएर QRकोड सहितको प्रमाण पत्रमा पनि बिभिन्न त्रुटिहरु (जन्म मिती नेपालीमा, जन्म मितीमै फरक, नामको स्पेलिङ नमिलेको,भ्याक्सिन लगाएको मिती र कार्डको मितीमा फरक लगाएतका)देखिए पछी त्यो सच्याउन देखी यो प्रमाण पत्रलाई सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयको लिङमा कसरी रजिस्ट्रर गर्ने भन्ने बिषयमा धेरैलाई सहयोग गरिरहेको छु।गिरी थप्छन”अगस्ट ५,२०२१ देखी QRकोड सहितको खोप प्रमाणिकरणको लागि काम शुरु भयो।किर्तिपुरको राष्ट्रिय आयूर्बेद अनुसन्धान तथा तालिमा केन्द्रमा गएर वा अनलाइनबाट निबेदन दिन सकिने ब्यबस्था भए पनि टेक्निकल समस्याहरु(डकुमेन्टको फर्म्याट नमिल्ने, साइज नमिल्ने)लगाएत धेरै देखियो।हामीले फेसबुकमै ग्रुप बनाएर साथीहरुलाई जोडदै आएका समस्याहरुलाई समाधान गर्ने तिर काम गर्यौ।८ अगष्ट देखी ११ अगस्ट सम्म कुवेतका लागि करिब १५० जना जतिले QRकोडसहितको खोप कार्डको प्रमाणित पत्र पाए होलान। अरु देश जाने साथीहरुले पनि सम्पर्क गरिरहेका छन।म जहाँ रहे पनि मैले जाने,बुझे र सके सम्म समस्यामा परेका श्रमिकहरुलाई साथ-सहयोग गरिरहेको छु र गरिरहने छु।”

गिरीले गुनासो गर्दै भने”हामीले एनआरएनको लागि धेरै काम गर्यौ तर फिल्डमा श्रमिकहरुलाई समस्यामा पर्दा एनआरएन आईसिसीले खाडी र मलेशियाका श्रमिकहरुका लागि खासै ठुलो पहल गरेन।तर एनसीसी र दुताबासहरुले भने श्रमिकहरुका समस्या समाधानमा राम्रो प्रयास गरेका थिए।”


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...