Sunday 27th September 2026

आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला


तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।
उनीहरूले ईएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

रूस र युक्रेनबीच पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी नदीमा आएको बाढीले पोखरेबगर र नौलीबगर जोड्ने पुल बगाएको छ। पुल बगेपछि अन्नपूर्ण गाउँपालिकाका वडा…

बागलुङको निसीखोला गाउँपालिका–३ मा आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा श्यामकुमारी विक…

प्रतिकृयाहरू
...