Thursday 25th December 2025

कविताः बच्पनको बुद्ध जयन्ती -नारायण कोइराला


ए आमा म त लुम्बिनी जाने हो
साथीभाइ सग रमाइलो गर्दै
म चकचके बालापन
आमाको मुसुक्क मुस्कान
के लान्छ त मेरो छोराले
भन्दै मलाई सुम्सुम्याएर
बिहानीको मिर्मिरे संग
म सग रमाउँदै
गौतम बुद्ध जस्तो ज्ञानी बन्नु पर्छ भन्दै
मलाई हेरी यति धेरै किन आत्तिएको भन्दै
म भने आफ्नै जिद्धिमा
आमालाई छिटो खाने कुरो बनाउन भन्दै
कति ज्ञानी छोरो बन्नुपर्छ भनी आमा
भैंसीलाई कुडो पकाउँदै
म भने छिटो गर्नु भन्दै
यता उता घुम्दै
ए न आत्तीन् अबेला भएकाे छैन
आमाले कुँडो भैंसीलाई दिएर
मेरो लागि चिउरा भुट्न
अगेनामा राखी भैंसीको
घिउ मिलाउँदै
आहा कस्तो बासना बाबाले भन्दै
उता गाडीको आवाज घरपलतिर सुन्दा
लुगा लगाई चिउरा दालमोट बोकेर
गौतम बुद्धको जन्म स्थल
लुम्बिनी हिँड्दा
खुसीले मेरो अनुहार
हँसिलो हुँदा आमाले बुद्ध जस्तो
बन्नु पर्छ भनी मलाई बिदा गर्दा
आमा र मेरो हासेको मुहार मिल्दा
आजफेरी सम्झना आयो
बुद्ध जयन्तीको त्यो क्षण
बुद्धको उपदेश संसारमा फैलियोस्
यो विषम् परिस्थितिमा
सुख शान्ति मिलोस
बुद्ध जस्तो सहनशीलता हामीमा आओस्
दुनियाँले यो कष्टबाट अन्त्य पाई
जताततै शान्ति,शान्ति छाओस्।

नारायण कोइराला
तानसेन, पाल्पा
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...