Sunday 13th September 2026

विदेश (कविता)


-गिता भट्टराई
इटहरी -५सुनसरी ।

राम्रै थियोे पढाई तर जागिर थियो पाले।
खाडी मुलुक जा न बाबु!भन्नुभयो बा ले।।
आज्ञाकारी छोरो परेँ हिडेँ कुम्लो बोकी।
(लाहुर गा को भनि सबले आश् गर्न पो थाले।।)२

ससुराली हेर्नैपर्यो छोरी दियाछन् उनले।
सासु माँ लाई अलि अलि पुर्नैपर्यो सुनले।।
साला साली ट्वाँ परेको हेर्नु पनि त भएन।
(क्या गज्जबको सम्मान पाएँ कोसेलीका गुनले।।)२

छरछिमेकी भन्नथाले हामलाई बिर्सिस् हैन?।
हाम्रो लागि जाबो एउटा चकलेट पनि छैन।।
यो गाउँको लाउरे आयो भन्दै खुशी भा थ्यौँ।
(भित्रैदेखि मन् दुखिगो के गर्नु र बैन।।)२

नेपालमा पाले हुँदा टाढा भा का साथी ।
लाहुरे आ को छ रे भन्दै कुदे मध्यराती।।
बिदेश गा को साथी परिस् केही त होला हाम्लाई।
(नत्र तैले दिनैपर्छ पाँचतारेमा पार्टी ।।)२

नातागोता हतारिदै मलाई भेट्न आ का।
अनुहार नै नदेख्याले साइनु लाउँछ काका!।।
बिदेशबाट आउनु भा को केही आशा गर्छु।
(तीन् त्रिलोकै देखेँ मान्छे किन यस्ता भा का?।।)२

मेरा घरको गर्जो टार्न तिनको जिम्मा थिएन।
नेपाल बसि सुख पाउँन यै खप्परले दिएन।।
एउटा भन्छ फोन गरेर आइफोन पठा झट्ट ।
(बोल्नुभन्दा अघि किन त्यसको जिब्रो खिइएन?।।)२

पैले यिनले फोन् गरेका सबै कुरा सहन्थेँ।
बाहिर भेडा चराएनी गाउँको हिरै बन्थेँ।।
म आउँदैछु भन्ने सुन्दा यो ल्याइदे र ऊ ले।
(चालै नपाई घर् आइपुग्छु किन यिनलाई भन्थेँ?।।)४

यो कबिता संपूर्ण विदेशिएका , आफन्त ,ईष्टमित्रबाट पीडित भएका कोसेलीले भरिपूर्ण पार्न र आफ्नो गृहस्थी सुधार्न नसकेका नेपाली नागरिकहरुको सत्यकथामा आधारित छ। यो प्रायः सबैको जीबनमा मेल खानेछ।कसैले अन्यथा नसोच्नुहोला।।

(सर्जक नेपालको ख्यातीप्राप्त कवयित्री अनि गायक पनि हुन । )


सम्बन्धित शीर्षकहरु

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।…

स्वीडेनमा आइतबार आम निर्वाचनका लागि मतदान भएको छ। यस चुनावमा वर्तमान प्रधानमन्त्री उल्फ क्रिस्टर्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन र पूर्वप्रधानमन्त्री म्याग्डालेना…

प्रतिकृयाहरू
...