Tuesday 29th September 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ७


सरकारको हुकम सुनाउन मर्जी भयो ।
बस्ती बस्यो ऐलानीमा उठाउन मर्जी भयो ।।

दिन दु:खी जनता जान्छन कहाँ कठैबरा
जन्ता हटाउन सेना जुटाउन मर्जी भयो ।

लास माथी लास खातै-खात परेको बेलामा
अन्यायको काम कुरा लुकाउन मर्जी भयो ।

सत्ता-भत्ता चाहिने काम केही नगरे पनि
अर्दली लाई कुर्सी नै घुमाउन मर्जी भयो ।

चतुर भए नेता जनतालाई ठगी गर्दै
काम हुन्छ भनि अझै बुझाउन मर्जी भयो ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...