Tuesday 14th October 2025

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ७


सरकारको हुकम सुनाउन मर्जी भयो ।
बस्ती बस्यो ऐलानीमा उठाउन मर्जी भयो ।।

दिन दु:खी जनता जान्छन कहाँ कठैबरा
जन्ता हटाउन सेना जुटाउन मर्जी भयो ।

लास माथी लास खातै-खात परेको बेलामा
अन्यायको काम कुरा लुकाउन मर्जी भयो ।

सत्ता-भत्ता चाहिने काम केही नगरे पनि
अर्दली लाई कुर्सी नै घुमाउन मर्जी भयो ।

चतुर भए नेता जनतालाई ठगी गर्दै
काम हुन्छ भनि अझै बुझाउन मर्जी भयो ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...