Friday 15th May 2026

टहल आचार्यको गजल संग्रह – १३


कस्ले लान्छ हस्पिटल आफै जाईंदैन होला ।
कतै मरे मलामीको लर्को पाईंदैन होला ।

प्लाष्टिकको पोकोलाई बाहिर चऊरमा पोल्न,
घारो कात्रो फूलमाला केही चाहिंदैन होला ।

बाँचुञ्जेल शुभ भलो नबोलेको यो मुखले,
जिन्दगीको अन्त्यमा नी हरी गाईंदैन होला ।

टाढै बसी माया गरी कसैले त्यो खुवाएको,
तुलसीको पत्ता पानी पनि खाईंदैन होला ।

सायद ब्रम्हनाल फर्की शिवलाई पुकारेर,
निधारमा चन्दन र टिका लाईंदैन होला ।
****
टहल अाचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...