Tuesday 29th September 2026

लघुकथा :दोषी को?


नारायण कोइराला- काठमाडौ सडक पेटीमा एकजना बुढाबाबा सग भेटभयो। म सोधे,”बाबा सञ्चै हुनुहुन्छ।”निधरमाथिको पसिना पुछ्दै उत्तर दिनु भयो,राम्रो छ। वहाँको जवाफले मलाई एकछिन संगै बसि गफ गर्ने इच्छा जाग्यो।अनि बुवाको स्थायी घर,फेरि प्रश्न गरे। ए!मेरो स्थायी घर पोखरा।हजूर आमा, छोरा,छोरी नाति, नातिना पनि हुनुहोला।हजुरआमा परलोकमा। वहाँ अलिबढी मलिनो हुनुभयो। सडक पेटीमा आउँदै गरेका मानिस मध्यबाट,एकजनाले बुढा बुबाले राख्नु भयको सुन्तला किन्दै पचास रुपियाँ दिए। वहा मुसुक्क हाँस्दै सुन्ताल लिने मानिसलाई बिदा गर्नुभयो।

मेरो प्रश्नको बाँकी उत्तर दिनाथल्नु भयो।
एउटा छोरो अमेरिका,अर्को जापान,नाति नातिना सबै उतै, मलाई पनि जाउँ त भनेका थिए
तर मन मानेन।”आजभोलि कुराकानी भएको छैन।पोखराको घर त,उनीहरूलाई पढाउँदा बिक्री भइसकेको थियो। म उनीहरू संग नगएर गल्ती गरे कि,उनीहरूले आजभोलि मलाई नसम्झियर गल्ती गरे।यो प्रश्नको उत्तर म संग छैन।
जिन्दगीको रग म आफैं उडाएको हु अथाव छोराहरूले उडाए।त्यो आफैं सोच्नु होला। बुढा बाबा सुन्तला मिलाउन लाग्नु भयो। म अनुत्तरीत हुँदै आफ्नो बाटो लागे।

नारायण कोइराला
तानसेन पाल्पा
हाल ,यूएई।


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...