Thursday 18th December 2025

लघुकथा :दोषी को?


नारायण कोइराला- काठमाडौ सडक पेटीमा एकजना बुढाबाबा सग भेटभयो। म सोधे,”बाबा सञ्चै हुनुहुन्छ।”निधरमाथिको पसिना पुछ्दै उत्तर दिनु भयो,राम्रो छ। वहाँको जवाफले मलाई एकछिन संगै बसि गफ गर्ने इच्छा जाग्यो।अनि बुवाको स्थायी घर,फेरि प्रश्न गरे। ए!मेरो स्थायी घर पोखरा।हजूर आमा, छोरा,छोरी नाति, नातिना पनि हुनुहोला।हजुरआमा परलोकमा। वहाँ अलिबढी मलिनो हुनुभयो। सडक पेटीमा आउँदै गरेका मानिस मध्यबाट,एकजनाले बुढा बुबाले राख्नु भयको सुन्तला किन्दै पचास रुपियाँ दिए। वहा मुसुक्क हाँस्दै सुन्ताल लिने मानिसलाई बिदा गर्नुभयो।

मेरो प्रश्नको बाँकी उत्तर दिनाथल्नु भयो।
एउटा छोरो अमेरिका,अर्को जापान,नाति नातिना सबै उतै, मलाई पनि जाउँ त भनेका थिए
तर मन मानेन।”आजभोलि कुराकानी भएको छैन।पोखराको घर त,उनीहरूलाई पढाउँदा बिक्री भइसकेको थियो। म उनीहरू संग नगएर गल्ती गरे कि,उनीहरूले आजभोलि मलाई नसम्झियर गल्ती गरे।यो प्रश्नको उत्तर म संग छैन।
जिन्दगीको रग म आफैं उडाएको हु अथाव छोराहरूले उडाए।त्यो आफैं सोच्नु होला। बुढा बाबा सुन्तला मिलाउन लाग्नु भयो। म अनुत्तरीत हुँदै आफ्नो बाटो लागे।

नारायण कोइराला
तानसेन पाल्पा
हाल ,यूएई।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...