Sunday 17th May 2026

एनआरएनए “सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१” हुदै प्रथम पुरस्कार दुई लाख


तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

४० वर्ष उमेरसम्मका नवोदित गायक–गायिका कलाकारहरुले भर्चुअल माध्यम मार्फत् सहभागी हुन् सक्नेछन । सार्क मुलुक बाहेकका विश्वभरका ६ वटा क्षेत्रीय समिति अन्तर्गत गैरआवासीय नेपाली संघ गठन भएका भएका सबै राष्ट्रबाट  प्रतियोगितामा  सहभागी हुन सक्नेछन  ।

प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन भने ६ वटाभन्दा धेरै राष्ट्र सहितको क्षेत्रीय समिति भएको खण्डमा प्रति एक राष्ट्र बराबर १ प्रतियोगी थप हुनेछन् । कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् भने विवेक खतिवडाले उद्घोषण गर्ने छन् ।

प्रतियोगितामा ३ चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ । डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषद्लाई र रेकर्डका लागि आयोजक कमिटिलाई पनि सीसी गरी पठाउनु पर्नेछ । प्रत्येक क्षेत्रीय समितिले छनोट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना [email protected][email protected] मा आउँदो १० अप्रिलसम्ममा पठाउनुपर्नेछ ।

आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनोट गरी ओपनिङ राउण्डमा लैजाने छ । छनोट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउनेछ ।

ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउण्डबाट छनोट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउण्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउण्डको सारेगम राउण्डमा प्रवेश गराउने नियम तय भएको छ । ओपनिङ राउण्डको सारेगम राउण्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउण्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वत: फाइनल राउण्डमा सहभागी हुन पाउनेछन् ।

फाइनल राउण्डलाई ३ चरणमा विभाजित गरिनेछ । जसमा ओपनिङ राउण्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन् । ९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन् । प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार होस्ट कन्ट्रीको भुमिकामा रहेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार रहेको प्रतियोगिताको मुख्य सहकार्य क्षेत्रीय संयोजक प्रविण गुरुङले गर्नेछन् ।आईडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ तय गरिएको छ ।

ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिनेछ । प्रतियोगिता आगामी अप्रिल १६ र १७ तारिख हुनेछ ।कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्य गरेका छन् ।

No description available.No description available.

 


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...