Wednesday 23rd July 2025

धर्मिला कार्कीको गजल संग्रह – १५


मान्छेहरुले मौरीको मह चोरे पनि ।
के सक्थे र कला चोर्न घारै फोरे पनि।

बिरालो कैल्यै बाघ बन्न सक्दैन हजुर
शत्रुहरुलाई पञ्जाले चिथोरे पनि ।

सहिदको ज्यानको क्षतिपूर्ति हुन्न कहिल्यै
परिवारको मासिक खर्च व्यहोरे पनि ।

भावीले लेखेको भाग्य बदल्न सकिन्न
आफैले हातमा भाग्यरेखा कोरे पनि ।

धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ काठमाडौँ


सम्बन्धित शीर्षकहरु

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

प्रतिकृयाहरू
...