Wednesday 31st December 2025

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १४


चारैतिर शान्तिको बीउ छरम जस्तो लाग्यो ।
नमेटिने मायाको रङ्ग भरम जस्तो लाग्यो ।

रातभरी जुनतारा दिउँसो न्यानो घाम बनी,
आकाशबाट धर्ती माथि झरम जस्तो लाग्यो ।

भए जति मेरो खुशी, सबै उपहार दिइ,
तिम्रो सारा पिडाहरू हरम जस्तो लाग्यो ।

हिमाल पहाड तराईमा दुःख सुख साट्दै
जिन्दगीको यात्रा सँगै गरम जस्तो लाग्यो ।

सैयाैं जुनी उनकै हुनि चाहना यो बढेपछि,
दुनिया नै भुली नजिक सरम जस्तो लाग्यो ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा. – ८
सुनखानी, दोलखा
बागमती प्रदेश ।
(रचनाः २०७७ चैत्र ०७ शनिबार)


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...