Sunday 12th January 2025

सुशीला पाैडेलका ५ मुक्तकहरू


मुक्तक


यो धर्तीबाट सधैं बिदा लिन मन छ ।
आफूसँग भएको ज्ञान दिन मन छ।
ज्ञान जति दियो उति बढ्छ भन्छन्,
ज्ञान बाँडेर सदैब चिनिन मन छ।


जसले प्रेमीका ठान्यो मलाई।
उसले आज पराई मान्यो मलाई।
पागल प्रेमी हुँ भनि गुणगान गायो,
आज मुटुमा तीर हान्यो मलाई।


जति चोट दिए पनि सहन्छु म।
मेरो रगत पिए पनि सहन्छु म।
चोट दिने जति आफन्त नै हुन,
मेरो ज्यानै लिए पनि सहन्छु म।


राजनीतिमा छलफल त भइहाल्छ।
पार्टी पार्टीमा सधैं कल त भइहाल्छ।
सडक देखि सदन तताए पछि मात्र,
एकदिन समस्याको हल त भइहाल्छ।


आँशु बिक्ने शहर चाहिएको छ।
पीडा किन्ने शहर चाहिएको छ।
आँसु, वेदनाले छट्पटिएको बेला,
हाँसो जुट्ने शहर चाहिएको छ।

सुशीला पौडेल
अर्घाखाँची
हाल:-काठमाडौ


सम्बन्धित शीर्षकहरु

डुमामा विद्रोही समूहका कमाण्डर अहमद ताहाले सिरियाली अन्तरिम सरकार र अहमद अल-शारा रणनीतिक रूपमा (रूसको बारेमा) सोच्न चाहन्छन् भन्ने कुरा…

हमास स्रोतहरूले अल-अरबी अल-जदीदलाई बताए कि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू युद्ध समाप्त गर्न सहमत भएका छन् । अल अरबीले रिपोर्ट गरेको…

राष्ट्रवादी नागरिक समाजले कुवेतमा नागरिक भेला सम्पन्न गरेको छ । कुवेतको मंगाफस्थित हातेमालो नेपाली रेष्टुरेण्टमा हिँजो १० जनवरी २०२५ शुक्रबारको…

प्रतिकृयाहरू
...