Friday 5th December 2025

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ५


आँखा भरि सपना सजाएर हिँडेकोछु ।
दिल भित्र चाहना दबाएर हिँडेकोछु ।

भन्ने कुरा धेरै थियो लुकाउन सकिन
आँसुलाइ आखैमा बगाएर हिँडेकोछु ।

ब्यर्थै माया गरि सजाय दिँदै आफैलाई
दिलको घाउ दिल्मै जमाएर हिँडेकोछु ।

तिमीले दिएको चोट कसरी बिर्सु अब
सम्झना आउनेछ सताएर हिँडेकोछु ।

मायाले धोकाको मोहर लगायो कसरी
मुटु भित्र मायालाइ जलाएर हिँडेकोछु ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हाल :- युगाण्डा


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...