Tuesday 27th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १३


पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू ।
झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू ।

स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु,
सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू ।

मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै,
दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू ।

हरेक पाइलै पिछे तिमी ठान्थ्यौ मेरै जित हुन्छ,
सफलताको शिखर चुम्नु पैले भैंमा खस्यौ सानू।

तिमी नै हौ मेरो जीवन तिमी सारा खुशी भनी,
मुखमा रामराम बगलिमा छुरा किन धस्यौ सानू।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८ सुनखानी दोलखा
बागमती प्रदेश ।
रचना: २०७७ चैत्र ४ बुधबार


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...