Monday 3rd August 2026

लघुकथाः मेरो नभएको ‘ऊ’ -पुष्पा नेपाल सुवेदी


च्याटबक्समा व्यस्त भैरहँदा फ्रेन्ड रिक्वेस्टको म्यासेज आयो।कस्ले रिक्वेस्ट गर्यो भनि मन कौतुहल भयो र हेरिहाँले ।
प्रोफाइलको तस्वीरमा आँखा पुग्यो । मोटो गाला,झुस्स दारी,मोटो शरीर । मनैले मनलाई भन्यो,छि:कस्तो कस्तो मान्छेको रिक्वेस्ट आउँछ।

उस्को रिक्वेस्ट डिलिट गर्न औला पुगीसकेको थियो,खै किन हो एकचोटी प्रोफाइल हेर्न मन लाग्यो । खोले प्रोफाइल र पल्टाउन थालें पानाहरु। हेर्दै जाँदा यति मिठा साहित्यिक रचनाहरु थिए कि एक मिनेटमै मन बद्लियो र तुरुन्त स्विकार गरे।

दिनहरु बित्दै जाँदा उस्का रचनाहरु मन पराएर पढ्थे र लाइक गर्थे । साँच्चै भनौ भने फेसबुक खोल्नासाथ मेरो मन र आँखाले उसैका रचनाहरु खोज्दथे।

समयको क्रमसँगै उस्को र मेरो कुरा हुन थाल्यो । साहित्यिक गफ हुन थाल्यो । दिनहरु रमाइलोसँग बितिरहेको थियो । यसैक्रममा एकदिन उस्ले मलाई प्रेमप्रस्ताव राख्यो,यति रिस उठ्यो कि अहिले नै ब्लक गर्न खोजे तर उसँग होइन उस्का सिर्जनासरुसँग मेरो कहिले प्रेम बसिसकेको थियो पत्तै पाइन । अत:उस्कै सिर्जनाहरुले मलाई,ऊस्लाई निःशेध गर्नबाट रोके ।
समयसँगै उस्को जिद्धी चलिरहेको थियो म भने उस्का रचनाहरुसँग पागल थिएँ । यसरी नै हाम्रो लुकामारी झैझगडा, मेलमिलाप चलिरहेको थियो ।
समयभन्दा वलवान के नै हुन सक्छ र! समयक्रमसँगै ऊ मबाट छुटेर क्षितिजपारी पुगीसकेको थियो । तबमात्र मलाई थाहा भयो कि उही मनै नपर्ने मान्छे, कहिले मेरो मनमा बास बसिसकेको थियो । मेरो मनले उस्लाई आफ्नो बनाइसकेको रहेछ । ऊ भने पराईको भैसकेको थियो मेरो नभएको “ऊ” तर म भने उसैकी भैसकेकी थिए, सँधैसँधैका लागि ।

पुष्पा नेपाल सुवेदी
इलाम


सम्बन्धित शीर्षकहरु

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी…

प्रतिकृयाहरू
...