Thursday 23rd July 2026

कविताः समय – हरिणी छन्द -हरि शर्मा (गलकोटे कवि)


वर्ण-१७
विश्राम-६,४,७
नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता ।

हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ
अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ
झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो
तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺

अकपट सदा आशावादी बनेर उचाइमा
सफल जगमा हामी देख्छौँ अनेक सवालमा
समय धनको साथी जानौँ सदैव घुमाइमा
सुख दुख सदा साथै राख्ने समान विचारमा ।२।🌷🙏🌺

टिकटिक गरी बढ्यो चढ्यो उचाइ हतारमा
अभिनय खुबै सर्वेसर्वा लडाइँ विचारमा
कतिपय लडे खाल्टाखुल्टी असङ्ख्य सवारमा
कतिपय भनेँ मेरो यस्तै कपाल निधारमा ।३।🌷🙏🌺

सफल जसले चिन्यो जान्यो उपाय प्रयासले
असफल भए जानीजानी कुजात विनाशले
दिनदिन बिते नानाभाँती गराइ बसाइले
अलमल परे जोरीखोजा सुताइ उठाइले ।४।🌷🙏🌺

अगति जनता मार्दा काट्दा कठोर प्रकारले
अपयस मिल्यो यस्तो खाले कुकृत्य विचारले
समय गणना पाखण्डीको सदैव कुकार्यमा
हरपल डुब्यो ज्ञानी मान्छे सुशील विचारमा ।५।🌷🙏🌺

-हरि शर्मा
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...