Saturday 27th December 2025

कविताः चञ्चले चित्त – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन्
वायु ती सभ्य छन दानका भक्त छन्
अग्नि ती देख्दछौ दानका सारथि
दानले देवता बन्दछन् पौरखी ।१।🌷🙏🌺

सूर्य हुन् देवता चन्द्रमा देवता
अग्नि हुन् देवता वायु ती देवता
दानको मान्यता दानले भव्यता
दानको पालना गर्दछन् देवता ।२।🌷🙏🌺

सूर्यको पुञ्जमा योगले एकता
योगले अग्निको देख्दछौँ मान्यता
वायुको साथमा वायुको मान्यता
सूर्यले वायुले जान्दछन् सभ्यता ।३।🌷🙏🌺

स्वार्थका भक्तले तोड्दछन फोड्दछन्
योग हो साधुको सन्तको भन्दछन्
स्वार्थको मातमा व्यक्ति ती पुज्दछन्
स्वार्थको लोभमा लोकमा डुल्दछन्।४।🌷🙏🌺

चञ्चले चित्तले भ्रमको सिर्जना
भ्रमको तालमा डुब्दछन् दुर्जन
जीवनी बागमा फूल हो सभ्यता
योगले एकता थप्दछन् शुध्दता।५।🌷🙏🌺
धन्यवाद 🌷🙏🌺
हरि शर्मा (गलकोटे कवि)
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

प्रतिकृयाहरू
...