Friday 2nd January 2026

शोभा कडरिया, कोईरालाका गजल संग्रह – २


गजल
सुन्दर हाम्रो पाल्पाली गाउँ आएर हेर्नू है ।
सलल बग्ने त्यो चिसो पानी खाएर हेर्नू है ।।

श्रीनगर डाँडा कुहु कुहु कोइलीको स्वरमा
स्वरैमा मिलाई सुरिलो भाका गाएर हेर्नू है ।

घन्किन्छ जब डम्फू र मादल साँल्दाइको आँगन,
बारुले कम्मर एकचोटि मर्-काएर हेर्नू है ।

सुस्केरा हाली त्यो सल्लाघारी तिमीलाई बोलाउँदा,
रानीघाट आई पिरती तिमी लाएर हेर्नू है ।

कुहिराको घुम्टो ओढेर मैले पर्खेर बस्नेछु,
पन्छाउँदै आई माडीको फाँटमा छाएर हेर्नू है ।

-शोभा कडरिया, कोइराला
माथागढी – २ रूप्से पाल्पा


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...