Thursday 13th November 2025

कविताः जस्तो सोच्यो उस्तै हुन्छ – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


राम्रो कुरा गर्‍यो भने राम्रै आईलाग्छ
भाइसाथी भएपछि मौका मिलिहाल्छ
शारदाको पूजा गर्दा धेरै साथी भेटेँ
सबैसँग मित्रभाव रहेको म देखेँ ।१।🌷🙏🌺

ब्रह्माण्डमा सबै चिज चक्र जस्तै चल्छ
सबै चिज शुन्यतामा परिक्रमा गर्छ
यौटा चिज अर्कोलाई आकर्षण गर्छ
गुरुत्वको नियमले यही कुरा बोल्छ ।२।🌷🙏🌺

आगो सदा तातो हुन्छ सबैलाई पोल्छ
पानी सदा चिसो हुन्छ शितलता दिन्छ
प्रकाशको अन्धकार नाश गर्ने काम
हावा दिन्छ प्राण वायु जिन्दगीको नाम ।३।🌷🙏🌺

समयले आफ्नो चर्खा घुमाएरै छाड्छ
पुरुषार्थी सत्यवादी सबैलाई मार्छ
दिमागको विचारमा पनि शक्ति हुन्छ
यही शक्ति शुन्यतामा घुमी घुमी डुल्छ ।४।🌷🙏🌺

भन्ने कुरा सुन्दा मान्छे अलमल पर्छ
सत्य कुरा सधैँभरि जगतमा टिक्छ
दिमागको विचारले बाह्य रूप देख्छ
भित्र भए बमोजिम ब्रम्हाण्डमा पोख्छ ।५।🌷🙏🌺

जस्तो ओइरो उस्तै पैरो संसारको नीति
संगतले तय गर्छ दिमागको मति
दिमाग हो फूलबारी हराभरा पारौँ
राम्रा राम्रा रुख रोपौँ बनमारा मारौँ ।५।🌷🙏🌺

हरि शर्मा 🌷🌺🌼
मिशिगन, अमेरिका ।🌷🙏


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...