Wednesday 28th January 2026

कविताः आयो दशैँ गयो दशैँ – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


अमेरिकाको मिशिगनमा मानेको दशैँ यो।
जे जस्तो मिल्यो त्यसैमा रमी गुजारा गरियो।
कोरोना साक्षी अहिले वर्ष दु:खको दशैँ यो ।
इतिहासमै अनौँठो रुप लिएर जन्मियो ।१।🌷🙏🌺

सुवेदी म हूँ संयोग मिल्यो सुवेदी बैनीको।
सुर्खेते बैनी गल्कोटे दाजु दैवले जुराको।
तिहार दशैँ एकैसाथमा मिलेर मान्दछौँ।
पराइ हैन नजिक देख्छौँ आफन्त ठान्दछौँ।२।🌷🙏🌺

अन्धाको देश पुगेमा आफू चिम्लनू आँखा रे।
लङ्गडा देश पुगेमा फेरि खोच्च्याउनु खुट्टा रे ।
त्यसैलाई मानी परदेशमा पनि मनाईयो दशैं यो।
बाध्यताबश आफन्त सबै घरदेश छाडेको ।३।🌷🙏🌺

अफिसको काम जुम्लीहात गरी स्थगित गरियो।
क्रीश्चियनको क्रीसमस जस्तो दशैँ हो भनियो।
धर्मको लागि स्वतन्त्रता नै भएको अमृका।
आफूले चाहे नहुने के पो संसारमा छ र त ।४।🌷🙏🌺

कुराउनी घोट्न मिलेन फुर्सद केरा त प्रशस्त।
सेलरोटी पनि जुरेन साइत कामको चपेटा।
सानुले झट्ट दुधमा राखी पायस पकाई ।
पस्केर दिइन् एकैसाथ बसी खाएका रमाई ।५।🌷🙏🌺

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...