Monday 4th August 2025

कविता: फूलपाती – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


सँघारमा आई सक्यो अब बडा दशैँ।
कुनै कुरा तयार छैन लथालिङ्ग सबै।
कोरोनाले कुनाबाट ढुकेको छ अझै।
काम छैन दाम छैन जाला बिना मजै ।१।🌷🙏🌺

भनिकन रिसाएकी गाउँले बुढी बज्यै।
फूलपाती सुनेपनि नतातेकी अझै।
केटाकेटी भन्न लागे मान्नुपर्छ दशैं।
कसो भयो होला कुन्नि बुढी आजै ।२।🌷🙏🌺

केरा दारिम हलेदो र धान ल्याउ भनिन्।
जयन्ती र माने अनि कर्चुर बेल थपिन्।
सबैजना जुटीकन सामा सर्जाम जोडे।
फूलपाती घरभित्र भित्र्याएरै छोडे ।३।🌷🙏🌺

सबै पातमाथि राखी देवी पूजा भयो।
रक्तचण्डिका र दुर्गा लक्ष्मी कार्तिकीको।
शोकहारिणी व्रम्हाणी शिवा चामुण्डाको ।
कालिकाको पूजा गर्दा सारै मजा आयो।४।🌷🙏🌺

ईन्द्र शिव विष्णु आदि पालो पालो गरे।
वृतासुर तृपुरासुर मधुकैटभ मारे।
रावणको बध भने श्रीरामले गरे।
लङ्कापुरी पुगिकन खोजी खोजी मारे ।५।🌷🙏🌺

देवताले दानवको बध गर्दाखेरि।
भवानीको पूजा गरे नवरात्रभरी।
पुस्तक कापी कलम अनि मसिदानी पनि।
सरस्वती पूजा हुन्छ विद्या आओस् भनी ।६।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...