Friday 14th August 2026

तिम्रो माया -नारायण कोइराला


बालुवाले पोल्दा खेरी सपनालाई साँचेको छु।
तिम्रो माया मुटुभरी अजम्बरी राखेको छु।

आज भोली तिम्रो यादमा तड्पियार बाँचेको छु ।
पसिनाको धारा माथि तिम्रो माया साँचेको छु।

जति बाधा आए पनि परिश्रम गरिराखेको छु ।
तिम्रो लागि मरुभूमिमा फूल रोपी राखेको छु।

एक दिन फुल्छ फूल तिमीलाई लगाई दिउँला ।
दुःख सुख जे भए पनि हामी बाँडीचुडी खाउँला ।

दुई मुटु एक बनाई आपसमा साटौला ।
तिमी सँग साथ हुँदा मेरो कत्रो आँट होला ।

तिम्रो मायाको पासोमा मेरो जिवन परेको छ ।
तिमी छौ र मेरो श्वास आज सम्म चलेको छ।

तानसेन, पाल्पा
हालः यएई


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...