Friday 14th August 2026

मोहनी – मारुनी छन्द -हरि शर्मा (गलकोटे कवि)


फेसबूक मोहनी लगायो।
मोहनीले बेहोस बनायो।
टुनामुना कसले गरेको।
सत्यानास यसले पारेको ।१।???

लौन राम्ररी खुटाईदेउ ।
मोहनी पनि फुकाईदेउ ।
फेस्बूकमा बसाई लम्बियो।
समयको शिकारी बन्दियो ।२।???

उम्कने जुक्ति सिकाईदेउ।
बस्ने समय टिकाईदेउ ।
दुई चोटी भ्रमण दिनमा ।
गर्छु फेसबूक शहरको।३।???

रातिमा नि अनौठो सपना ।
देख्छु लाईक र शेयरको ।
भोक तिर्खा चोरेरै लिएको।
पागल नै बनाई दिएको।४।???

फेसबूके नशाले मतायो।
साढेसात दशाले सतायो ।
झट्ट उपाय सिकाईदेउ ।
काममा मन लगाईदेउ ।५।???

फेसबूके डाँकु बेईमानी।
समय चोर्ने यो हरामी ।
घनिष्ठ मित्रता बढाऊ ।
बेकामे मित्रता हटाऊ ।६।???

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

- राज मल्ल कुवेतमा नेपालीको संख्या पछिल्लो समय करिब दुई लाखको हाराहारीमा पुगिसकेको छ। यो केवल एउटा संख्या होइन, लाखौँ…

कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट…

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी…

प्रतिकृयाहरू
...