Saturday 3rd October 2026

राष्ट्रकवि माधबप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन


तितोपाटी – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा अाज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । पारीवारिक श्रोतका अनुसार घिमिरेको लैनचौर स्थित निवासमा निधन भएको हो । स्वास प्रस्वास सम्बन्धी समस्याबाट पीडित घिमिरेको केहि समयदेखि घरमा नै उपचार भइरहेको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

मालती मङ्गले(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका निकै चर्चित कृतिहरू दिएका साहित्यकार घिमिरेलाइ सरकारले २०६० साल असोज ९ गते राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

नेपाली साहित्याकासमा चम्किला नक्षत्रको रूपमा चिनिएका र साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ ‘फूलको थुङ्गा बगेर गयो’ तथा ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...