Sunday 19th July 2026

नेपाल सरकारद्वारा ४ महिना लामो लकडाउनको अन्त्य


तितोपाटी – नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।

यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान तथा अन्तर्राष्ट्रिय सिमा नाका खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ । तर शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटिपार्लर, स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने रहनेछन्।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।


सम्बन्धित शीर्षकहरु

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

भारत–नेपाल व्यापार तथा पारवहन सहकार्यमा एउटा ऐतिहासिक उपलब्धि थपिएको छ। पहिलो पटक भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरसम्म सिधै रेल कार्गो…

नेपालको प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ प्रिमियम ब्यूटी स्टुडियो सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै कम्पनीले पोखराको…

प्रतिकृयाहरू
...