Friday 2nd October 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बाजुराका पीडित अपांगलाइ ह्वीलचेयर सहयोग


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए ।

संरक्षक खड्काले बताए अनुसार दश वर्ष अगाडि घर पाेत्ने माटाे लिन जाँदा माटिखान भत्केर च्यापिएका तिर्थ बहादुर कार्कीकाे कम्मरदेखि तल नचल्ने भएको थियो । उपचारकाे लागि नेपालगञ्ज धाउँदा धाउँदै भएको केहि सम्पति पनि सकिएको र आर्थिक अवस्था एकदम कमजाेर भएको कारण राम्राेसंग उपचार पनि गर्न नसकेर उपचारकाे क्रममा जिल्ला अस्पतालमा गएको बेला अस्पतालमा भेटिएका अमेरिकन नागरिकले उनकाे नाजुक अबस्था देखेर दया गरि एउटा हुइलचियर दिएका रहेछन ।

त्याे चिएर टुटेर कामै नगर्ने भएपछि 2/4 बर्षदेखि हुइलचियर बिना यताउता सर्न पनि गाह्राे हुने भएकाेले धेरै ठाउँ सहयाेग माग्दा पनि कसैले नहेरेकाे उनका अाफन्तले जनकारि गराएका थिए। नगरपालिका लगायत गाउँमा भएका संघसंस्थासंग सहयाेग माग्दा पनि सहयोग नमिलेको जानकारी पाएपछि सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पीडित कार्कीको अबस्थालाइ मध्यनजर गर्दै सहयाेगी मनसायले एउटा हुइलचियर दिने निर्णय गरेको र सोही निर्यण अनुसार आज पीडित, अपाङ्ग तिर्थ ब. कार्कीलाई हुइलचियर हस्तान्त्रण गरेकाे छ ।

स्मरण रहोस, सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना कालदेखि नै कर्मभूमि कुवेतमा विभिन्न मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ भने जन्मभूमि नेपालमा विभिन्न किसिमका दैवी प्रकोप, आपत-विपतमा परेकाहरूलाइ सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै अाएको छ भने विभिन्न किसिमले पीडित बनेका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपालीहरूमा मानवीय र सामाजिक सेवाका कार्यहरू गर्दै मलहम लगाउँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...